नेपाल बैंकको आस्बा सुबिधा

Post Date : January 10, 2017 | 6:02 pm

काठमाडौँ, २६ पुस । नेपाल धितोपत्र बोर्डले सार्वजनिकरुपमा निष्काशन हुने साधारण धितोपत्र (आइपिओ) तथा थप धितोपत्र (एफपिओ) को निष्काशनको समयमा लगानीकर्ताबाट दरखास्त फाराम संकलन तथा तत् सम्बन्धी कार्य गर्न नेपाल बैंक लिमिटेडलाई अनुमति दिएको छ । सो अनुमति पश्चात नेपाल धितोपत्र बोर्डले लागु गरेको आस्बा (Application Supported by Blocked Amount) प्रणाली मार्फत बैंकले लगानीकर्ताबाट दरखास्त फाराम बुझी लिई उनीहरुको खातामा रकम रोक्का गर्नेछ । यस प्रणालीमा लगानीकर्ताले माग गरेको सेयर बराबरको रकममात्र रोक्का हुनेछ र पछि सेयर बाँडफाँडमा परेको रकम कटौती गरी बाँकी रकम खातामा नै रहिरहने सुबिधा बैंकले लगानीकर्तालाई दिनेछ ।

नेपाल बैंक लिमिटेड नेपालको पहिलो तथा ऐतिहासिक बैंक हो । बैंकले बैकिङ्ग प्रणालीलाई पूर्णरुपले आधुनिक प्रविधिमा रुपान्तरित गरी १३० वटा शाखा मार्फत समयानुकूल आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *