नेपाल बैंक लिमिटेडको ४ वटा शाखा पुनर्स्थापना

Post Date : December 21, 2016 | 6:17 pm

काठमाडौँ, ६ पुस । नेपाल बैंक लिमिटेडले विगतमा विस्थापित गरिएका आफ्ना शाखाहरुलाई पुनस्र्थापना गरी ग्राहकहरुलाई आधुनिक एवं स्तरीय सेवा प्रदान गरी व्यवसायलाई विस्तारित गर्ने क्रममा स्याङ्गजा जिल्लाको चापाकोट स्थित सुन्तलेटार शाखा, तनहुँ जिल्लाको खैरनीटार स्थित खैरनीटार शाखा, बाँके जिल्लाको कोहलपुर स्थित कोहलपुर शाखा तथा वाग्लुङ्ग जिल्लाको हरिचौर स्थित गलकोट शाखा यसै हप्तादेखि विधिवतरुपमा सञ्चालन गरेका छन् । उक्त शाखाहरु ४० को दशकमा स्थापना भई बैंकिङ्ग सेवा सुचारु गरेकोमा विगतको द्वन्द्वकालमा सुरक्षाको कारणले विस्थापित भएका थिए ।

हालै पुनस्र्थापित शाखाहरु सहित हाल बैंकले १३० वटा शाखाहरु मार्फत आधुनिक एवं सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने निकट भविष्यमा व्यावसायिक सम्भाव्यताको आधारमा देशको ग्रामीण एवं शहरी क्षेत्रमा आधुनिक बैंकिङ्ग सेवा विस्तार एवं शाखा पुनस्र्थापना गर्दै लैजाने योजना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *