नेपाल राष्ट्र बैंकले ट्वीटर र युट्युब चलाउने

Post Date : June 25, 2016 | 10:02 am

काठमाडौं, ११ असार । नेपाल राष्ट्र बैंकले आगामी अार्थिक वर्षदेखि ट्वीटर र युट्युब चलाउने भएको छ । आफ्ना गतिविधिलाई जनतासमक्ष पुरयाउन सामाजिक सञ्जाल प्रयोग गर्न लागेको जनाएको छ । त्यस्तै बैंकले सामाजिक सञ्जाल संचालन गर्नका लागि नेपाल राष्ट्र बैंकको प्रकाशनमा पारदर्शिता ल्याउने सम्बन्धी कार्यविधि–२०६३ तयार भइसकेको र राष्ट्र बैंक, संचालक समितिबाट पारित भएपछि संचालनमा आउने जनाएको छ । उक्त कार्यविधिमा फेसबुक संचालन गर्ने चाहिँ उल्लेख नभए पनि अब फेसबुक पनि संचालन गर्ने गरी कार्यविधिलाई अन्तिम रुप दिइने पनि जनाइएको छ ।

भारतको केन्द्रीय बैंक रिजर्ब बैंक अफ इन्डिया (RBI) ले पनि केही समययता ट्वीटर चलाउन थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *