पशुपति विकास कोषलाई तीन करोड रुपैया सहयोग

Post Date : July 4, 2016 | 11:18 am

काठमाडौं, २० असार । नेपाल इन्भेष्टमेन्ट बैंकले पशुपति क्षेत्रमा संग्रहालय निर्माण गर्न पशुपति विकास कोषलाई तीन करोड रुपैया सहयोग गर्न सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र पशुपति विकास कोषका सदस्य सचिव डा. गोविन्द टण्डनले हस्ताक्षर गर्नु भएको छ ।

बैंकले कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत सम्पदाको मर्मत, पूर्वनिर्माणमा सहयोग गर्दै आइरहेको छ ।

यसअघि बैंकको सहयोगमा पशुपतिको भष्मेश्वरघाट मर्मत सुधार गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *