पूर्व अर्थमन्त्री रामशरण महतलाई नेपाल बैंकर्स संघद्वारा सम्मान

Post Date : March 25, 2016 | 9:11 am

बेलायतबाट प्रकाशित हुने “द फाइनान्सियल टाइम्स” को सह–प्रकाशन “द बैंकर” पत्रिकाले पूर्व अर्थमन्त्री रामशरण महतलाई एसिया–प्रशान्त क्षेत्र तथा समग्र विश्व क्याटेगोरीमा “उत्कृष्ट अर्थमन्त्री, २०१६” को उपाधी प्रदान गरेकोमा नेपाल बैंकर्स संघले सम्मान कार्यक्रम आयोजना गरेको छ ।

काठमाडौंको हिमालयन होटलमा आयोजित कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष उपेन्द्र पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष शंकर शर्माले कार्यक्रममा डा. महतलाई बधाई दिनु भएको थियो ।

नेपाल बैंकर्स संघका अध्यक्ष उपेन्द्र पौडेल, पूर्वअध्यक्ष पृथ्वी बहादुर पाँडे, पूर्व अध्यक्ष सशीन जोशी, पूर्व अध्यक्ष अशोक राणा र पूर्व अध्यक्ष राजन सिंह भण्डारीले पूर्व अर्थमन्त्री रामशरण महतलाई संयुक्त रूपमा सम्मान गर्नुभएको थियो ।

समारोहमा पूर्व अर्थमन्त्री डा. महतले सम्मान दिएकोमा नेपाल बैंकर्स संघका पदाधिकारीलाई धन्यवाद दिनु भएको थियो ।

कार्यक्रमको अन्त्यमा नेपाल बैंकर्स संघका उपाध्यक्ष अनिल शाहले डा. महतको व्यक्तित्वको चर्चा गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *