पोखरामा नबिल बैंकको पहिलो प्रादेशिक कार्यालय तथा ३ नयाँ शाखा उद्घाटन

Post Date : March 16, 2018 | 2:13 pm

पोखरा लेखनाथ, २ चैत । नबिल बैंकले पोखरा स्थित न्यूरोड शाखाको ४ नं. प्रादेशिक कार्यालय तथा तालचोक, बगर र अमरसिंहचोकमा नयाँ शाखाहरूको औपचारिक उदघाटन चैत १ गते गरेको छ । उक्त ४ नं. प्रदेशको प्रादेशिक कार्यालयको उदघाटन पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जि.सी. तथा बैंकका संचालक समितिका अध्यक्ष शम्भु प्रसाद पौड्यालले संयुक्त रुपमा गर्नु भएको थियो । साथै बैंकका अध्यक्ष श्री पौड्यालले तालचोक, बगर र अमरसिंहचोक स्थित थप नयाा शाखाहरुको पनि सोही दिनमा उदघाटन गर्नुभएको बैंकद्वारा जारी प्रेस विज्ञप्तीमा जनाइएको छ ।

उदघाटन समारोहमा पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जि.सी.ले भन्नुभयो ‘नबिल बैंकको प्रादेशिक कार्यालय र थप ३ नयाँ शाखाहरूसहित पोखरामा बैंकले ५ वटा शाखाहरूबाट सेवा प्रदान गर्ने भएकोमा हामीलाई अत्यन्त खुशी लागेको छ । बैंकले दिने सेवा सुविधाहरूबाट पोखराको विकासमा महत्वपूर्ण योगदान रहने विश्वास हामीले लिएका छौं ।’

सोही समारोहमा बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्यालले भन्नुभयो ‘पोखरामा हामीले २०५३ साल देखि नै निरन्तर सेवा दिंदै आएका छौं । पोखरावासीहरूको मद्दतमा आज उद्घाटित ३ वटा शाखाहरूसहित ५ वटा शाखा पुरयाउन पाउनु मेरो लागि खुशीको कुरा हो । साथै यसरी ५ वटा शाखाहरू खोल्नका लागि जुन लगनशीलता पोखरावासीहरूले यस संस्थालाई उपलब्ध गराइदिनु भयो उहााहरूलाई म मेरो तथा बैंकको तर्फबाट धन्यवाद दिन चाहन्छु । साथै नबिल बैंकले गरेको प्रगतिमा हजुरहरूको पनि सोहीअनुसार प्रगति भएको मैले विश्वास लिएको छु । हामी सबैको प्रगति उन्नति भनेको देशको प्रगति हो र देशभित्र बसेका सबै हामीहरू जस्तै दाजुभाई दिदी बहिनीहरूको प्रगति हो भन्ने मैले ठानेको छु । ग्राहक सुविधा उपलब्धताको लागि धेरै सेवा केन्द्र विस्तार गर्ने हाम्रो प्रतिबद्धता अनुरुप ५ शाखाहरूमार्फत यस शहरमा सेवा प्रदान गर्न पाउादा हामीलाई अत्यन्त खुशी लागेको छ । साथै राष्ट्रकै पहिलो प्रादेशिक कार्यालयको स्थापना गरी यस क्षेत्रको विकास कार्यमा संलग्न हुन पाएकोमा गौरवान्वित छौं । आवश्यक बैंकिङ्ग सुविधाहरू व्यवसायिक एवं प्रभावकारी रुपमा प्रदान गर्न र समाजका बृहत एवं छरिएर बसेका समुदायको बैंकिङ्ग आवश्यकता घरदैलोमै परिपूर्ति गर्ने तथा सँधैं उत्कृष्ट सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धता रहनेछ ।’

उक्त अवसरमा बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भन्नुभयो ‘बैंकको थप नयाँ शाखाहरूबाट ग्राहक महानुभावहरूले सम्पूर्ण बैंकिङ्ग सुबिधाहरू प्राप्त गर्न सक्नु हुनेछ । देशको अग्रणी स्थानमा रहन सफल नबिल बैंकले अनवरत रुपमा आफ्ना सेवा तथा सुबिधाहरू समाजका विभिन्न क्षेत्र र तप्काका बढी भन्दा बढी ग्राहकहरुलाई उपलब्ध गराउने उद्देश्य अनुरुप देशका विभिन्न क्षेत्रका आफ्नो शाखा कार्यालयको सञ्जाल बढाउँदै लगिरहेको छ ।’

नबिल बैंकले ६२ वटा शाखाहरूको बृहत सञ्जाल, १०५ वटा एटिएमहरूको विशाल संरचना र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरूका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरू मार्फत् सेवा प्रदान गरेर आफ्ना सबै सरोकारवालाहरू सागै अघि बढ्ने विश्वास लिएको समेत प्रेस विज्ञप्तीमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *