प्रभु बैंकको शाखा धापासीस्थित टोखा रोडमा

Post Date : July 23, 2016 | 4:22 pm

काठमाडौं, ८ साउन । प्रभु बैंकले काठमाडौंको धापासीस्थित टोखा रोडमा शाखा विस्तार गरेको छ । शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले गर्नु भएको छ । गत वर्ष मर्जरको क्रममा एकै स्थानमा दोहरिन गएका बैंकका शाखाहरूमध्ये गोंगबु शाखालाई धापासीस्थित टोखा रोडमा स्थानान्तरण गरिएको बैंकले जनाएको छ । शाखा कार्यालयहरू स्थानान्तरण भई नया स्थानमा शाखा संचालन हुँदा बैंकको सेवा विस्तारित हुनुका साथै उक्त स्थानमा ग्राहकले सरल र सहजरुपमा सम्पूर्ण बैंकिङ्ग सेवा प्राप्त गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *