वाणिज्य बैंकहरूको कारोवारमा अाएको गिरावटले शेयरबजारमा असर

Post Date : August 11, 2016 | 4:57 pm

काठमाडाैं, २७ साउन । अाज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ४.७० अंकले घटेर १७७४.८७ बिन्दुमा पुगेको छ । कुल ७५९७ कारोवारबाट ३५ लाख ४४ हजार ७८४ कित्ता शेयर किनबेच भई १ अर्ब ३१ करोड ८६ लाख ७२ हजार ५७६ रुपैयाको कारोवार भएको छ ।

होटल र विकास बैंक समूहबाहेक अरु सबै समूहमा नेप्से परिसूचक अोरालो लागेको छ ।

वाणिज्य बैंकहरुको ४.५५ अंकले घटेर ६४ करोड ६० लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने जलविद्युत समूहको १३.०९ अंकले घटेर ६ करोड ७९ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ । फाइनान्स समूहको १.४८ अंकले घटेर ४ करोड ९ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने बीमा कम्पनीहरुको ६२.३९ अंकले घटेर १५ करोड ४२ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै उत्पादन समूहको ६.२८ अंकले घटेर २८ लाख ७२ हजार ६९० रुपैयाको कारोवार भएको छ भने अन्य समूहको १.१५ अंकले घटेर १ करोड ९५ लाख ४५ हजार ७०० रुपैयाको कारोवार भएको छ ।

विकास बैंक समूहको ३.१९ अंकले बढेर २४ करोड ९० लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने होटल समूहको ३.१९ अंकले बढेर १३.२५ अंकले बढेर ८० लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ ।

कारोवार भएको रकमको अाधारमा अाज कारोवार भएको कम्पनीहरुमा सबैभन्दा बढी नेपाल बैंक लिमिटेडको १३ करोड ७१ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै दोस्रोमा नेपाल बंगलादेश बैंक लिमिटेडको ७ कराेड १९ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *