महालक्ष्मी विकास बैंक धनगढी शाखाद्वारा निःशुल्क स्वास्थ्य परिक्षण तथा रक्तदान

Post Date : April 3, 2018 | 5:59 pm

धनगढी, २० चैत । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको महालक्ष्मी विकास बैंक लिमिटेडको धनगढी शाखाले मिति गत चैत १७ गते शनिबारका दिन निःशुल्क स्वास्थ्य परिक्षण र रक्तदान कार्यक्रम सम्पन्न गरेकोे छ । बैंकका निवर्तमान संचालक श्री मोति सिंह धामीको सभापतित्वमा संचालन भएको कार्यक्रममा, प्रदेश नं. ७ का आर्थिक मामिला तथा योजना मन्त्रालयका माननीय मन्त्री श्री झपट बोहरा प्रमुख अतिथि रहनु भएको थियो ।

सामाजिक विकास मन्त्रालयमा कार्यरत डा. श्री चेतराज जोशीले सभापति र प्रमुख अतिथिको रक्तचाप जॉच गरी उदघाटन गरिएको सो कार्यक्रममा १६५ जनाले निःशुल्क स्वास्थ्य परीक्षण र शाखा प्रबन्धक श्री चेतराज पाण्डेय लगायत २६ जनाले रक्तदान गर्नुभएको थियो ।

बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको प्रेस विज्ञप्ती मार्फत जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *