माथिल्लो खोरुगा जलविद्युतमा ३ बैंकले लगानी गर्ने

Post Date : February 7, 2017 | 1:00 pm

काठमाडौँ, २५ माघ । माछापुच्छ्रे बैंकको अगुवाईमा नेपाल बंगलादेश बैंक र जनता बैंक नेपाल लिमिटेडले माथिल्लो खोरुगा जलविद्युतका लागि ऋण लगानी गर्ने भएको छ ।

ऋण लगानी गर्ने सम्बन्धी सम्झौतापत्रमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत निरज श्रेष्ठ र तेह्रथुम पावर कम्पनीका प्रबन्ध संचालक मोहनकुमार डाँगीले हस्ताक्षर गर्नु भएको छ ।

तेह्रथुम पावर कम्पनी प्रा.लि.ले निर्माण गर्न लागेको ७ दशमलब ५ मेगावाट क्षमताको माथिल्लो खोरुगा जलविद्युत आयोजनालाई ३ वाणिज्य बैंकले १ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ ।

तेह्रथुम जिल्ला मोरहाङ गाविसमा रहेको उक्त आयोजनाको कुल लागत १ अर्ब ३७ करोड ५७ लाख रुपैयाँमध्ये ७३ प्रतिशत बैंक तथा वित्तीय संस्थाको ऋण लगानी र २७ प्रतिशत प्रवद्र्धक कम्पनीको लगानी रहनेछ ।

आयोजनाको मुख्य संरचना २/३ महिनाभित्रै निर्माण शुरु गरी २०७६ पुस १ गते भित्र विद्युत उत्पादन गरिने लक्ष्य लिइएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *