म्यानमारबाट बीस हजार शरणार्थी चीन प्रवेश

Post Date : March 9, 2017 | 9:25 pm

बेइजिङ (चीन), २६ फागुन । म्यानमारमा जातीय आन्दोलन चलाएका विद्रोही र म्यानमार सरकारबीच भएका भिडन्तका कारण एक साताभित्र यहाँ करिब २० हजार शरणार्थी चीन प्रवेश गरेको बेइजिङले बिहीबार जनाएको छ ।

विदेश मन्त्रालयका प्रवक्ता गेङ सुवाङले आफ्नो नियमित पत्रकार भेटघाटमा भन्नुभयो, “द्वन्द्वबाट ज्यान जोगाउन चीन पुगेका उनीहरुले द्वन्द्वको अस्थायी विकल्पका रुपमा चीन पुगेका र उनीहरुलाई चीन सरकारबाट मानवीय सहयोग दिइएको थियो ।”

म्यानमारको उत्तरपूर्वी सान राज्यमा भएका लगातार सेना र स्थानीय अल्पसङ्ख्यक जातीय समुदायबीच भएका झडपले सरकारद्वारा आह्वान गरेको शान्तिका लागि प्रयासमा समेत चुनौती दिएको छ ।

यसरी म्यानमारमा भएका द्वन्द्वले सन् २०१५ मा म्यानमारमा भएका द्वन्द्वबाट चीन पुगेका शरणार्थीका कारण दुई देशको सम्बन्धमा समस्या उत्पन्न गरेजस्तो सङ्कट निम्त्याउनसक्नेतर्फ सजक बन्न अन्तर्राष्ट्रिय मानवअधिकारवादी सङ्घसङ्गठनले सुझाव दिएका छन् । रासस/एएफपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *