यति डेभलपमेन्ट बैंक र महालक्ष्मी विकास बैंक एक आपसमा गाभिने सम्झौता

Post Date : March 14, 2017 | 8:32 pm

काठमाडौँ, १ चैत । यति डेभलपमेन्ट बैंक र महालक्ष्मी विकास बैंक एक आपसमा गाभ्ने/गाभिने सम्झौता भएको छ । सम्झौतापत्रमा यति डेभलपमेन्ट बैंकका संचालक तथा मर्जर कमिटीका संयोजक अर्जुनप्रसाद शर्मा र महालक्ष्मी विकास बैंकका संचालक तथा मर्जर कमिटीका संयोजक संजय गिरीले हस्ताक्षर गर्नु भएको छ । डिडिएको मूल्याङ्कन प्रतिवेदन अनुसार स्वाप रेसियो निर्धारण गरिने जनाइएको छ । बैंकको नाम भने महालक्ष्मी विकास बैंक राख्ने सहमति भएको छ ।

मर्ज भएपछि बैंकको चुक्ता पूँजी २ अर्ब ६३ करोड ४१ लाख रुपैयाँ हुनेछ । निक्षेप २३ अर्ब ८४ करोड ४२ लाख रुपैयाँ र कर्जा १९ अर्ब ९७ करोड ४ लाख रुपैयाँ हुने जनाइएको छ । शाखा संख्या भने ६२ पुग्नेछ । त्यस्तै मर्जपछि ग्राहक संख्या ३ लाख ३५ हजार पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *