रामारोशन माइक्रोफाइनान्स र बेष्ट रेमिटबीच सम्झौता

Post Date : October 25, 2016 | 3:09 pm

काठमाडौं, ९ कात्तिक । रामारोशन माइक्रोफाइनान्स र बेष्ट रेमिटबीच विप्रेषण सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा रामारोशन माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत बखतबहादुर बताला र बेष्ट रेमिटका संचालक प्रबन्धक प्रदीप श्रेष्ठले हस्ताक्षर गर्नु भएको छ । सम्झौतापछि विदेशबाट बेष्ट रेमिट मार्फत आएको रकम रामारोशन माइक्रोफाइनान्सको अछाम, डडेलधुरा, डोटी, बझाङ, बाजुरा, कैलाली, जुम्ला, कालिकोट, सुर्खेत र दैलेखस्थित शाखा कार्यालयबाट भुक्तानी लिन सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *