रुरल माइक्रोफाइनान्स डेभलपमेण्ट सेण्टर र नेपाल बैंकबीच बैंकिङ कारोवार सम्बन्धी सम्झौता

Post Date : February 7, 2017 | 3:44 pm

काठमाडौँ, २५ माघ । रुरल माइक्रोफाइनान्स डेभलपमेण्ट सेण्टर लिमिटेड र नेपाल बैंक लिमिटेडबीच आज बैंकिङ्ग कारोवार सम्बन्धी सम्झौता सम्पन्न भयो । नेपाल बैंकको तर्फबाट सो बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाह तथा रुरल माइक्रोफाइनान्स डेभलपमेण्ट सेण्टरको तर्फबाट सो संस्थाका प्रमुख कार्यकारी अधिकृत ज्योतिचन्द्र ओझाले सम्झौतापत्रमा हस्ताक्षर गर्नु भयो ।

सो सम्झौता अनुसार रुरल माइक्रोफाइनान्स डेभलपमेण्ट सेण्टरले नेपाल बैंकमा रहेको बैंक खाताबाट कुनै पनि शाखाबाट आफ्ना साझेदार संस्थाहरुलाई रकम ट्रान्सफर गर्दा तथा साझेदार संस्थाहरुले पनि कुनै पनि शाखाबाट सो खातामा रकम जम्मा गर्दा कुनैपनि शुल्क लाग्ने छैन ।

नेपाल बैंक धेरै शाखा संजाल भएको ठूलो वाणिज्य बैंक हो भने रुरल माइक्रोफाइनान्स डेभलपमेण्ट सेण्टर लघुवित्त संस्थाहरुलाई थोक कर्जा तथा प्राविधिक सहयोग उपलब्ध गराउने राष्ट्रिय स्तरको अग्रणी लघुवित्त संस्था हो । यो सम्झौताबाट रुरल माइक्रोफाइनान्स डेभलपमेण्ट सेण्टरका २०० भन्दा बढी साझेदार लघुवित्त संस्थाहरु यस सुविधाबाट लाभान्वित हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *