लन्डनमा फेरि अर्काे भीषण आगलागी

Post Date : July 10, 2017 | 4:10 pm

लन्डन, २६ असार । गत महिनामात्र भीषण आगलागीको चपेटामा परेको लन्डन सहरमा सोमबार फेरि अर्काे यस्तै आगलागी भएको समाचार छ । लन्डनको काम्देन बजारमा यस्तै आगलागी सोमबार बिहानैदेखि जारी रहेको छ । उक्त बजारभित्र करिब एक हजार वटा पसल रहेका छन् ।

उक्त बजारमा सोमबार एका बिहानै आगलागी भएको र अहिलेसम्म पनि नियन्त्रणको प्रयास जारी नै रहेको बताइएको छ । सो बजार एक प्रसिद्ध पर्यटकीय केन्द्र पनि हो ।

यहाँको आगलागी नियन्त्रणमा लिनका लागि करिब ७० वटा अग्निनियन्त्रकले काम गरिरहेका छन् । त्यस्तै अरु सयौँ सैनिक खटाइएका छन् ।

उक्त बजारमा सयौँ पसले रहेकामा उनीहरुको अवस्थाका बारेमा खोजी जारी छ । ती पसलमा बिहानैदेखि चहल पहल हुने गर्दथ्यो ।

त्यसैले यहाँको मानवीय क्षतिको बारेमा पनि कुनै जानकारी दिइएको छैन । तर यस विषयमा जानकारी लिने प्रयास जारी रहेको प्रहरीले जनाएको छ । सोही बजारमा सन् २००८ मा पनि यस्तै भीषण आगलागी भएको थियो । रासस÷सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *