शैक्षिक मेला ५२ हजार दर्शकद्वारा अवलोकन

Post Date : June 11, 2016 | 9:29 pm

काठमाडौँ, २९ जेठ । नेपाल शैक्षिक परामर्श सङ्घ ९इक्यान०को १०औँ शैक्षिक मेलाको दोस्रो दिन शनिबार करिब ५२ हजार जनाले अवलोकन गरेको आयोजकले जनाएको छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष प्रकाश पाण्डेले स्थानीय भृकुटीमण्डपमा शुक्रबारदेखि जारी मेलामा विद्यार्थी, अभिभावक, विभिन्न राजनीतिक दलका नेता, राष्ट्रिय खेलाडी, प्राध्यापक, समाजसेवी र पत्रकारको उल्लेख्य सहभागिता रहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार विभिन्न देशका विश्वविद्यालयका प्रतिनिधिको समेत प्रत्यक्ष संलग्नता रहेको मेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परामर्शदाताका २०५ शैक्षिक परामर्श कक्ष रहेका छन् ।

इक्यानका पूर्व अध्यक्ष राजेन्द्र बरालले उच्च शिक्षा अध्ययनका लागि प्रत्येक वर्ष करिब ३० हजार विद्यार्थी विदेश जाने गरेको बताउनुभयो । नेपालबाट विशेष गरी भारत, अस्ट्रेलिया, अमेरिका, बङ्गलादेश, न्युजिल्यान्ड, बेलायत र युरोपका विभिन्न देशमा उच्च शिक्षा अध्ययनका लागि जाने गर्छन् ।

मेलामा विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीलाई विभिन्न देशका शिक्षण पद्धति, त्यहाँको शैक्षिक वातावरण, अध्ययन संस्थाका बारेमा जानकारी तथा उत्कृष्ट शैक्षिक गन्तव्यका बारेमा समेत आवश्यक जानकारी उपलब्ध गराइएको आयोजकले जनाएको छ ।

यही जेठ ३१ गतेसम्म चल्ने यो मेला अवधिमा करिब एक लाख ५० हजार दर्शक आउने अपेक्षा गरिएको छ ।

अवलोकनका क्रममा आज नेकपा ९एमाले०का नेताहरु पशुपति चौलागार्इं, ठाकुर गैरे, पार्वत गुरुङ तथा नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का, हिसानका अध्यक्ष रमेश सिलवाल, प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसी, एन प्याब्सनका अध्यक्ष कर्णबहादुर शाही, अविभावक सङ्घका अध्यक्ष सुप्रभात भण्डारीलगायतको सहभागिता थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *