सनराइज बैंकका कर्मचारीहरू र Street Children World Cup, 2018 का प्रतियोगीहरू बीच मैत्रीपूर्ण खेल सम्पन्न

Post Date : March 19, 2018 | 10:48 am

काठमाडौँ, ३ चैत । मे १०, २०१८ मा रसियाको मस्कोमा आयोजना हुन गइरहेको अठार वर्ष मुनिका फुटबल खेलाडीहरू बीच हुन लागेको सडक बालबालिकाहरूको Street Children World Cup, 2018 मा नेपाल २२ वटा देशहरूमध्ये छनोटमा पर्न सफल भएको थियो । नेपालको प्रतिनिधि गर्ने “टिम नेपालका” प्रतियोगीहरूको हौसला बढाउन सनराइज बैंकले बैंकका कर्मचारीहरू र टिम नेपालका प्रतियोगीहरू बीच मैत्रीपूर्ण खेल सातदोबाटो स्थित एन्फाको खेल मैदानमा आयोजना गरेको थियो । यी सडक बालबालिकाहरूलाई उचित तालिम र अन्य सहयोग सेल्टर आश्रय नेपाल नामक गैर सरकारी संस्थाले पुरयाउँदै आएको छ । उक्त मैत्रीपूर्ण खेलमा नेपालको प्रतिनिधि गर्ने टिम नेपाल ६–० को अन्तरले विजयी भयो । कार्यक्रममा बैंकका तर्फबाट बैंकका नायब महाप्रबन्धक अपछ कुमार यादव, कर्मचारीहरू लगायत सेल्टर आश्रय नेपालका प्रतिनिधिहरूको उपस्थिति रहेको बैंकद्वारा जारी प्रेस विज्ञप्तीमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *