मेगा बैंकले ४ बराबर १ को दरले हकप्रद शेयर निष्काशन गर्ने

Post Date : July 30, 2016 | 3:07 pm

काठमाडौं, १५ साउन । मेगा बैंक लिमिटेडले गत साधारण सभाको निर्णय बमोजिम ४ बराबर १ को दरले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । बैंकले रु. १०० दरको ८१ लाख एकहजार ४३८ कित्ता शेयर निष्काशन गर्न लागेको हो । यही साउन २७ गतेदेखि भाद्र २९ गतेसम्म साधारण शेयरधनीले हकप्रद शेयरका लागि आवेदन दिन पाउनेछन् ।

हकप्रद शेयर निष्काशन पछि चुक्ता पूँजी ४ अर्ब ५ करोड १ लाख ४३ हजार ४ सय ३८ रुपैया पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *