लक्ष्मी बैंकको शाखा रुकुम र जाजरकोट जिल्लामा विस्तार

Post Date : August 30, 2016 | 4:16 pm

काठमाडौं, १४ भदौ । लक्ष्मी बैंकले रुकुम जिल्लाको चौरजहारी र जाजरकोट जिल्लाको खलंगामा शाखा विस्तार गरेको छ ।

लक्ष्मी बैंकको शाखा सञ्जाल ५२, विस्तार काउण्टर २ र एटिएम ७१ पुगेको जनाएको छ । यी शाखाका साथ बैंकले आफ्नो सेवा अझ सुदृढ र ब्यापक बनाउने विश्वास लिएको छ ।

बैंकले बैंकिङ्ग क्षेत्रमा पिछडिएका क्षेत्रमा ग्राहकवर्गलाई उनीहरूकै रोजाइको माध्यम इन्टरनेट बैंकिङ्ग र मोबाइल फोनमार्फत बैंकिङ्ग सेवा प्रदान गरी शहरी तथा अर्धशहरी क्षेत्रमा आफ्नो ब्रान्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने जनाएको छ ।

बैंकले आ.व. २०७२/७३ मा ४८ अर्ब १५ करोड ४१ लाख रुपैया निक्षेप संकलन र ४० अर्ब ३५ करोड ९५ लाख रुपैया कर्जा प्रवाह गरी ६७ करोड ३७ लाख ६४ हजार रुपैया खुद मुनाफा गरेको छ । बैंकको अहिले चुक्ता पूँजी ३ अर्ब ३ करोड ९२ लाख रुपैया रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *