विदेशी लगानी र प्रविधि हस्तान्तरण ऐन बनाउने तयारी

Post Date : July 1, 2016 | 12:13 pm

काठमाडौं, १७ असार । नेपाल सरकारले विदेशी लगानी र प्रविधि हस्तान्तरण ऐन बनाउने तयारी गरेको छ । यो ऐनले लगानीकर्ताहरूलाई सुविधा, सहुलियत र सुरक्षाका लागि प्राथमिकता दिनेछ । यसले विदेशी लगानी नेपाल भित्र्याउने क्रममा देखिने व्यावहारिक समस्या समाधान र सहजीकरण गर्न प्रभावकारी हुने छ ।

बिहीबार राजधानीमा आयोजना गरिएको विदेशी लगानीकर्तासँगको अन्तरक्रियामा सरकार र व्यवसायीलाई लगानीका लागि सहायता प्रदान गर्न सरकार तयार रहेको जानकारी दिइएको थियो ।

कार्यक्रममा विदेशी लगानीको स्वीकृति अनलाइनबाटै दिने तयारी भइरहेको र अन्तर्राष्ट्रिय मुद्रा कोषको सहयोगमा विदेशी लगानीको आवेदन दर्ता, स्वीकृति लगायत प्रक्रिया अनलाइनबाट हुने जानकारी दिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *