विनियोजन विधेयक बहुमतले पारित

Post Date : July 9, 2016 | 8:57 pm

काठमाडौँ, २५ असार । व्यवस्थापिका–संसद्को आजको बैठकले विनियोजन विधेयक, २०७३ लाई बहुमतले पारित गरेको छ । उक्त प्रस्ताव पारित गरियोस् भनी अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सदनसमक्ष पेस गर्नुभएको थियो ।

त्यसअघि सदनले विनियोजन विधेयक, २०७३ का विभिन्न दफालाई पारित गरेको थियो ।

यस्तै सदनले आर्थिक विधेयक, २०७३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि बहुमतले पारित गरेको छ । यस्तै आर्थिक विधेयक, २०७३ माथिको दफाबार छलफल भने यही असार २९ गते हुनेछ ।

त्यसैगरी राष्ट्र ऋण उठाउने विधेयक, २०७३ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई समेत सदनको सर्वसम्मतिले स्वीकृत गरेको छ ।

यसअघि सांसद डा रामशरण महत, प्रेम सुवाल र जनकराज जोशीले मुलुकभित्रै आवश्यक पुँजी मौज्दात रहेको अवस्थामा किन थप ऋण लिनुपरयो भन्दै प्रश्न गर्नुभएको थियो ।

यस्तै ऋण तथा जमानत (एक्काइसाैँ संशोधन) विधेयक, २०७३ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई पनि सर्वसम्मतिले स्वीकृत भएको छ ।व्यवस्थापिका–संसद्को अर्को बैठक यही असार २९ गते बिहान ११ः०० बजे बस्नेछ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *