सनराइज बैंकको नयाँ वर्ष २०७४ सालको क्यालेन्डर विमोचन

Post Date : April 10, 2017 | 3:47 pm

काठमाडौँ, २८ चैत । सनराइज बैंक लिमिटेडको नयाँ वर्ष २०७४ सालको क्यालेन्डरको विमोचन एक औपचारिक समारोहका बिच बैंकको केन्द्रीय कार्यालय, गैरिधारामा गरियो । बैंकले अन्नपूर्ण पोष्ट दैनिकको अंकुर, नागरिक दैनिकको जुनकिरी र कान्तिपुर दैनिकको कोपिला पृष्ठमा विगत १ वर्ष भित्र प्रकाशित विभिन्न विद्यालयमा अध्ययनरत कक्षा १ देखि कक्षा ६ सम्मका बालबालिकाहरुका चित्रहरूलाई आफ्नो क्यालेन्डरमा प्रकाशित गरेको छ । स–साना बालबालिकाहरुले आफ्ना मानसपटलमा रहेका सोच, जिज्ञासा तथा रचनाहरुलाई चित्रकारिताको माध्यमबाट अभिव्यक्त गरेकोमा बालबालिकाकोे प्रतिभालाई अझै प्रस्फुटन र प्रोत्साहन गर्ने हेतुले बैंकले उक्त चित्रहरूलाई समावेश गरेको प्रेस विज्ञप्तीमार्फत जनाएको छ ।

उक्त विमोचन समारोहमा बैंकका संचालकहरू ई. बच्छराज तातेड, डा. दीपक प्रसाद भट्टराई, दीपक नेपाल, ज्योती कुमार बेगानी, ओम कृष्ण जोशी तथा प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यद्वारा बालबालिकाहरुलाई प्रोत्साहन स्वरुप नगद तथा खाद्य सामाग्रीहरु प्रदान गर्नुभयो । उक्त अवसरमा बालबालिका तथा तिनका अविभावकहरूले बैंकले यस्तो फरक सोच तथा कार्यले स–साना बालबालिकालाई थप प्रोत्साहन तथा प्ररेणा मिल्ने विचार व्यक्त गर्दै बैंकलाई धन्यवाद दिनुभएको समेत उक्त विज्ञप्तीमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *