सनराइज बैंकको व्यावसायिक विशेषज्ञ संचालकमा ओमकृष्ण जोशी

Post Date : December 23, 2016 | 3:18 pm

काठमाडौँ, ८ पुस । सनराइज बैंक लिमिटेडको संचालक समितिको मिति २०७३/०८/३० मा बसेको बैठकको निर्णयानुसार बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०६३ को दफा १२ को उपदफा २ बमोजिम नेपाल राष्ट्र बैंकले कायम गरेको व्यावसायिक विशेषज्ञको सूचीबाट एकजना व्यावसायिक संचालक नियुक्ति गर्नु पर्नेछ भन्ने प्रावधान एवं बैंकको नियमावलीको नियम २९(१) बमोजिम नेपाल राष्ट्र बैंकबाट व्यावसायिक विशेषज्ञको नामावली सूचीमा नाम सूचिकृत हुनु भएका ल.पु.उप–म.न.पा. वडा नं. ४ बस्ने ओमकृष्ण जोशीलाई ४ बर्ष अवधिको लागि सनराइज बैंक लिमिटेडको व्यावसायिक विशेषज्ञ संचालकमा नियुक्त गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *