सनराइज बैंकद्वारा “बचतकर्ता सामुहिक दुर्घटना बीमा व्यवस्था” अन्तर्गत रकम भुक्तानी

Post Date : July 3, 2017 | 11:42 am

काठमाडौँ, १९ असार । सनराइज बैंक लिमिटेडले आफ्ना बचत खाताका ग्राहकहरुको सुविधाको निमित्त शिखर ईन्स्योरेन्स कम्पनी लिमिटेडसँगको सहकार्यमा “बचतकर्ता सामुहिक दुर्घटना बीमा व्यवस्था” प्रदान गर्दै आएको छ । यस सुविधा अन्तर्गत दुर्घटनामा परी कुनै बचतकर्ताको मृत्यु वा स्थायी अशक्तता भएमा रु. ५ लाखमा नबढ्ने गरी बचतखातामा रहेको मौज्दातको ४ गुणा सम्म रकम प्रदान गरिने व्यवस्था रहेको छ ।

यस बैंकका निक्षेपकर्ता अभिदल घतानीको नाती रगलाल घतानीको छोरा काठमाडौँ जिल्ला, न.पा./गा.वि.स. वडा न १२ बस्ने कृष्णकुमार घतानीको ईलामको माईखोलामा डुङ्गा पल्टँदा निधन भएकोमा “बचतकर्ता सामुहिक दुर्घटना बीमा व्यवस्था” अन्तर्गत मृतकको नाममा यस बैंकको बानियाँटार शाखामा रहेको निक्षेप रकमको ४ गुणा अर्थात रु. ५,००,००० ।– बराबरको रकम हस्तान्तरण गरियो । उक्त रकम बराबरको चेक बैंकका बानियाँटार शाखाका शाखा प्रबन्धक पन्ना वाग्लेले मृतकको हकवाला श्रीमती लक्ष्मी घतानीलाई हस्तान्तरण गर्नुभएको कुरा बैंकद्वारा २०७४ असार १६ गते जारी प्रेस विज्ञप्तीमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *