सनराइज बैंक लिमिटेडको विशेष साधारण सभा सम्पन्न

Post Date : January 9, 2017 | 5:03 pm

काठमाडौँ, २५ पुस । सनराइज बैंक लिमिटेड तथा एन.आई.डि.सि. क्यापिटल मार्केट्स लिमिटेड बीच एन.आई.डि.सि.क्यापिटल मार्केट्स लिमिटेडलाई प्राप्ती (एक्विजिशन) गर्ने सम्बन्धी अन्तिम सम्झौता भइसकेको तथा सम्झौता डिडिए प्रतिवेदन लगायत अन्य विविध सहमती लिने गरि दुबै संस्थाको विशेष साधारण सभा यहि २०७३ पुस २५ गते बोलाइएकोमा सनराइज बैंकको विशेष साधारण सभा बैंकका संचालक समितिका अध्यक्ष मोतीलाल दुगडको सभापतित्वमा सम्पन्न भयो ।

उक्त साधारण सभाले बैंकले एन.आई.डि.सि.क्यापिटल मार्केट्स लिमिटेडलाई प्राप्ती (एक्विजिशन) गर्ने सम्बन्धी संचालक समितिको विशेष प्रस्ताव पारित गरयो । अब विशेष साधारण सभाबाट प्राप्ती (एक्विजिशन) प्रस्ताव पारित भइसकेकोले अन्तिम स्वीकृतीको लागि नेपाल राष्ट्र बैंकमा संयुक्त निवेदन पेश गरिने प्रेस विज्ञप्ती मार्फत बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *