सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा मसुरिया बजार, कैलालीमा

Post Date : August 15, 2016 | 5:25 pm

काठमाडौं, ३१ साउन । सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुरयाउँदै जाने उद्देश्य अनुसार आफ्नो शाखारहित बैंकिङ्ग सेवा कैलाली जिल्लाको वडा नं.५ स्थित मसुरिया बजारमा शुरू गरेको छ ।

बैंकको सुख्खड शाखाका प्रमुख श्री सुरेन्द्र शाहीको उपस्थितिमा मसुिरया बजार व्यवस्थापन समितिका अध्यक्ष श्री राजेन्द्र देवकोटाले सोमबार मसुरिया बजारमा आयोजित एक समारोहका बीच पानसमा बत्ति बाली यस बैंकको दशौं शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गर्नु भयो ।

सो अवसरमा बैंकको सुख्खड शाखाका प्रमुख श्री सुरेन्द्र शाहीेले शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्नुको उद्देश्य प्रष्ट पार्दै शाखारहित बैंकिङ्ग सेवाका व्यावसायिक प्रतिनिधि श्री सूर्य प्रसाद पौडेललाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गर्नुभयो । बैंकको शाखाहरु नभएको ठाँउबाट बचत तथा भुक्तानीका लागि शाखारहित बैंकिङ्ग सेवा मार्फत एटिएम कार्ड र औंठाको छापबाट कारोबार गर्ने गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *