सिटिजन्स बैंकको थप दुई एटिएम सेवा

Post Date : March 30, 2017 | 11:24 am

काठमाडौँ, १७ चैत । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ललितपुर जिल्लाको ग्वार्को शाखा र महोत्तरी जिल्लाको वर्दिवास शाखामा एटिएम संचालनमा ल्याएको छ । यो दुई थप एटिएमसहित बैंकको एटिएम संख्या ५६ पुगेको छ । बैंकको शाखा संख्या ५८ पुगेको छ ।

बैंकले चालु आर्थिक वर्ष २०७३÷७४ को पुसस मसान्तसम्म ५२ अर्ब ७४ करोड ९२ लाख रुपैयाँ निक्षेप संकलन र ४६ अर्ब ७८ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरी ६३ करोड १६ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । बैंकको चुक्ता पूँजी ५ अर्ब ५३ करोड ७३ लाख रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *