सिद्धार्थ डेभलपमेन्ट बैंकले २४% बोनस शेयर वितरण गर्ने

Post Date : September 26, 2016 | 8:30 am

काठमाडौं, १० असोज । सिद्धार्थ डेभलपमेन्ट बैंकले २४ प्रतिशन बोनस शेयर वितरण गर्ने  भएको छ । बैैंक संचालक समितिको असोज ९ गते बसेको बैठकले उक्त निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारण सभाले उक्त निर्णय पारित गरेपछि बोनस शेयर वितरण गर्नेछ । बैंकले बोनस शेयर वितरण प्रयोजनको लागि २०७३ असोज ९ गतेदेखि २०७३ असोज १७ गतेसम्म शेयर कारोवार रोक्का गरेको छ ।

बैंकले आ.व. २०७२/७३ मा १२ अर्ब ३२ करोड रुपैया निक्षेप संकलन, १० अर्ब ५८ करोड रुपैया कर्जा प्रवाह गरी ३३ करोड १३ लाख रुपैया खुद मुनाफा गरेको छ । बैंकको चुक्ता पूँजी १ अर्ब १४ करोड ४४ लाख ९० हजार रुपैया रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *