सिद्धार्थ बैंकको हकप्रद शेयर बिक्री खुल्ला

Post Date : October 27, 2016 | 4:14 pm

काठमाडौँ, ११ कात्तिक । सिद्धार्थ बैंकले २०७३ असोज १६ गतेसम्म कायम साविक शेयरधनीहरूका लागि ४ बराबर १ शेयरको अनुपातमा प्रति शेयर रु १००/– अंकित दरका ७५ लाख ५५ हजार १ सय ९३ कित्ता हकप्रद शेयरको निष्काशन तथा बिक्री खुल्ला २०७३ कार्तिक ११ गतेका दिनदेखि २०७३ मंसिर १५ गतेसम्म गरेको छ ।

शेयरधनीहरूले हकप्रद शेयरका लागि दरखास्त साथ रकम सिद्धार्थ बैंक, हात्तीसार, काठमाडौँ तथा देशभर रहेका सबै शाखाहरू, लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, नया बानेश्वर र सिद्धार्थ क्यापिटल मार्केट लिमिटेड, अनामनगर, काठमाडौँमा बुझाउन सक्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *