सिद्धार्थ बैंकले ३९ प्रतिशत बोनस शेयर दिने

Post Date : December 6, 2016 | 3:53 pm

काठमाडौँ, २१ मङ्सिर । सिद्धार्थ बैंकको संचालक समितिको बैठकले आफ्ना शेयरधनीलाई १ अर्ब ४७ करोड रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्तावित बोनस शेयरको रकम बैंकले हालै जारी गरेको हकप्रद शेयर बाँडफाँड पछिको पूँजीको ३९ प्रतिशत रहेको जारी विज्ञप्तीमा जानाइएको छ ।

बैंकले उक्त बोनस शेयर नेपाल राष्ट्र बैंकको स्वीकृती तथा आगामी १५ औं वार्षिक साधारण सभाबाट पारित भएपछि शेयर धनीले प्राप्त गर्न सक्ने जनाएको छ ।

बैंकले चालु आर्थिक वर्ष २०७३।७४ को असोज मसान्त सम्ममा ७० अर्ब ५ करोड रुपैयाँ निक्षेप संकलन र ५८ अर्ब ९३ करोड रुपैयाँ कर्जा प्रवाह गरी ३५ करोड रुपैयाँ खुद मुनाफा गरेको छ । बैंकले मुलुकभर ६३ शाखा, ८२ एटीएम र विभिन्न ६८ स्थानमा शाखारहित बैंकिङ सेवाको माध्यमबाट बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *