फिलिपिन्सको एक होटलमा आगलागाी हुदा पाँचको मृत्यु

Post Date : March 19, 2018 | 4:03 pm

मनिला, ५ चैत । फिलिसिन्सको एक होटलमा भएको आगलागीमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको सोमाबार अधिकारीहरुले जानकारी दिएका छन् ।

होटल र त्यहाँभित्र रहेका क्यासिनो परिसरमा भएकोे आगलागी २४ घण्टाभन्दा बढी समयपछि मात्र अग्निनियन्त्रकहरुले नियन्त्रणमा लिएका थिए ।

यस आगलागीमा परी मृत्युहुने सबै क्यासिनोका कर्मचारी रहेका छन् । यस घटनामा घाइते भएका २० व्यक्तिमा प्राय सबैको स्थिति नाजुक रहेको बताइएको बताइएको छ ।सो होटेलमा बसिरहेका करिब ३०० पाहुनालाई सुरक्षितस्थानमा लगिएको थियो ।

होटल र अग्निनियन्त्रणका अधिकारीहरुले सो जानकारी दिएका छन् । सम्बन्धित एक सरकारी अधिकारीकाअनुसार सो होटलमा बसिरहेका पाहुनाहरु सबैजना सुरक्षितस्थानमा पुगेका छन् । यद्यपि अग्निनियन्त्रकहरु सो होटलको सबै भागमा पुग्न भने सकेका छैनन् ।
(रासस/एएफपी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *