सिभिल बैंकले ३० प्रतिशत हकप्रद शेयर जारी गर्ने

Post Date : April 13, 2017 | 8:38 am

काठमाडौँ, ३१ चैत । सिभिल बैंकले ३० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । बैंक संचालक समितिको मिति २०७३ फागुन २० गते बसेको बैठकले २० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णयलाई २०७३ चैत ३० गते बसेको संचालक समितिले पुनरावलोकन गरी युनिक फाइनान्स लिमिटेड र हामा मर्चेण्ट एण्ड फाइनान्स लिमिटेडलाई प्राप्ती गरेपछि आ.व. २०७२/७३ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई बोनस शेयर वितरणपश्चात कायम हुने चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ ।

बैंकले इन्टरनेशनल लिजिङ एण्ड फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ती गरी २०७३ कार्तिक १ गते एकीकृत कारोवार गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *