सेन्चुरी कमर्सियल बैंकको चौथो एक्सटेन्सन काउण्टर काठमाडौँको टोखामा

Post Date : March 23, 2017 | 5:49 pm

काठमाडौँ, १० चैत । सेन्चुरी कमर्सियल बैंकले चौथो एक्सटेन्सन काउण्टर काठमाडौँको टोखामा संचालनमा ल्याएको छ । एक्सटेन्सन काउण्टरको उद्घाटन बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले गर्नु भएको छ ।

बैंकको हाल ३१ वटा शाखा, २९ वटा एटिएम र १३ वटा शाखारहित बैंकिङ सेवा सहित ४ वटा एक्सटेन्सन काउण्टरबाट सेवा प्रदान गर्दै आएको छ । बैंकले इन्नोभेटिभ डेभलपमेन्ट बैंक र अरनिको डेभलपमेन्ट बैंकलाई डिडिए र अन्य विवरणको आधारमा क्रमशः ०.८५ र ०.९० हुने गरी शेयर आदान प्रदान अनुपात (Share Swap Ratio) मा प्राप्ती गर्ने भएको छ । त्यस्तै बैंकले सगरमाथा फाइनान्स लिमिटेड र अल्पाईन डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्ने सम्झौता गरिसकेको छ ।

हाल बैंकको पूँजी ३ अर्ब ६९ करोड रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *