सेयर खरिदका लागि उत्साहित

Post Date : June 7, 2017 | 3:05 pm

रसुवा, २४ जेठ । चिलिमे जलविद्युत् कम्पनीबाट विगतमा वितरित सेयरबाट फाइदा पुगेपछि मैलुङ जलविद्युत् आयोजनाको सेयर खरिदका लागि स्थानीय बासिन्दा उत्साहित भएका छन् ।

सेयरको महत्व र फाइदाको विषयमा जानकारी लिएपछि स्थानीयवासी मैलुङखोला जलविद्युत् आयोजनाको सेयर खरिदका लागि खाता खोल्ने तथा सेयर फारम भर्ने कार्यमा लागेका छन् ।

मैलुङखोला जलविद्युत् कम्पनीले अतिप्रभावित पार्वतीकुण्ड र उत्तरगयाका बासिन्दालाई एकलाख ८४ हजार ७२ कित्ता र जिल्लाका अन्य क्षेत्रका बासिन्दाका लागि सोही बराबरको कित्ता छुट्टयाएको छ । गत जेठ १७ गतेदेखि सेयर बिक्रीको आह्वान गरेपछि सयेर भर्नेको सङ्ख्या बढ्दै गएको जनता बैंक धुन्चे शाखाका प्रमुख सुभाष पराजुलीले जानकारी दिनुभयो ।

धुन्चेस्थित जनता बैंक, स्याफ्रुबेँसीमा रहेको प्रभु बैंक, कालिकास्थानस्थित आइसिएफसी सहकारी र बेत्रावतीस्थित हिमालय बैंकबाट सर्वसाधारणले सेयर फारम भरिरहेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *