स्ट्याण्डर्ड चार्टर्ड बैंकको ३५ प्रतिशत बोनस शेयर पारित

Post Date : December 16, 2016 | 1:46 pm

काठमाडौँ, १ पुस । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको ३० औँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७२।७३ को मुनाफाबाट ३३ दशमलब ३३ प्रतिशत बोनस शेयर तथा एक दशमलब ७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।
सभाले ३ अर्ब ३० करोड रुपैयाँ बरावरको एफपियो (फर्दर पब्लिक अफरिङ) प्रिमियम निष्काशनका लागि पनि स्वीकृति दिएको बैंकले जनाएको छ ।

प्रिमियम निष्काशनपछि नेपाल राष्ट्र बैंकले २०७४ असार मसान्त सम्म तोकेको चुक्ता पूँजी ८ अर्ब रुपैंया पुग्ने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *