हंगेरीविरुद्ध ४–० को सहज जित निकाल्दै बेल्जियम युरो २०१६ को क्वाटरफाइनलमा

Post Date : June 27, 2016 | 7:07 am

फ्रान्स, १३ असार । युरो २०१६ को प्रिक्वाटर फाइनल (राउण्ड अफ १६) मा हंगेरीलाई ४–० ले हराउँदै बेल्जियम क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

खेल सुरु भएको १०औं मिनेटमा बेल्जियमका एल्डरवैरलले हेड मार्फत हंगेरीका विरुद्ध पहिलो गोल गरे । उक्त गोल बेल्जियमका डे ब्रुएनेले हानेको फ्रि किक बललाई हेड गरेर गोल गर्न सम्भव भएको हो ।

belgium

दोस्रो हाफमा बेल्जियमका जर्सी नम्बर २ का खेलाडी बत्सुएईले ७८औं मिनेटमा हंगेरीको गोलपोष्ट नजिकबाट हानेको बल गोल हुन पुग्यो । बेल्जियमका डे ब्रुएनेले प्रहार गरेको कर्नर बललाई हजार्डले उक्त बल बत्सुएईलाई पास दिएको थियो ।

belgium2

belgium3

खेलको ८०औं मिनेटमा बेल्जियमका हजार्डले हंगेरी गोलपोष्टको दाहिने कुना च्यापेर हानेको बल गोल भएको थियो । हंगेरीका तीनजना डिफेन्डर निरीह नै साबित हुन पुगे, उनीहरूले केही पनि सोच्नै भ्याएनन् कि हजार्डले बललाई गोलपोष्टको जाली चुमाए ।

belgium4

belgium5

निर्धारित ९० मिनेटमा २ मिनेट थप गरिएको पहिलो मिनेटमा बेल्जियमका कारास्कोले हंगेरीविरुद्ध चौथो गोल गरेको थियो । हंगेरीका खेलाडीले मिस पास गर्दा बेल्जियमका खेलाडी नैङ्गोलानले दिएको पासलाई कारास्कोले गोलमा परिणत गरेको थियो । यससँगै बेल्जियमले हंगेरीविरुद्ध ४–० को जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

gelgium6

यसअघि भएका १३ अन्तर्राष्ट्रिय खेलहरूमा बेल्जियमले आठ खेलमा जित र दुई खेल बराबरी खेलेको थियो भने २८ गोल गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *