एनएमबी बैंकको “एक घर एक खाता” योजना

Post Date : July 19, 2016 | 1:45 pm

काठमाडौं, ४ साउन । एनएमबी बैंकले “एक घर एक खाता” योजना ल्याएको छ । बैंकले यो योजना हरेक नेपालीको बैंकमा एक खाता होस् र हरेक नेपालीलाई सरल वित्तीय पहुँच पुगोस् भन्ने हेतुले ल्याएको जनाएको छ । आत्मनिर्भर नेपालको साथमा एनएमबी बैंक अभियानलाई नै निरन्तरता दिँदै “एक घर एक खाता” संचालनमा ल्याएको हो ।

यस योजनाले गर्दा नेपालीमा वित्तीय साक्षरता वृद्धि हुने, बचत गर्ने बानीको विकास हुने तथा हरेक नागरिकलाई वित्तीय प्रणालीमार्फत कारोवार गराउन समेत सेवा पुग्ने विश्वास बैंकले लिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *