सनराइज बैंकको शाखा झापाको बुधबारेमा

Post Date : April 23, 2017 | 6:45 pm

काठमाडौँ, १० वैशाख । सनराइज बैंक लिमिटेडले बुद्घशान्ति गा.वि.स., वडा नं–३, बुधबारे, झापामा नयाँ शाखा स्थापना गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन आज आइतबार एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यको उपस्थितिमा उद्योग बाणिज्य संघका झापा उपशाखा बुधबारेका अध्यक्ष गोविन्द पौडेल र बैंकका नायव महाप्रबन्धक रविन नेपालले संयुक्त रूपमा गर्नुभयो ।

बैंकले अत्याधुनिक बैंकिङ्ग सेवाहरु बुधबारे तथा आसपासका क्षेत्रहरुका ग्राहकहरू समक्ष पुरयाउने उद्देश्यले उक्त शाखा स्थापना गरेकोे हो । सो शाखाबाट ग्राहकहरुलाई लकर (Safe Deposit Locker) सेवा समेत उपलब्ध गराइने भएको छ । नयाँ शाखा उद्घाटनको अवसरमा बैंकको सो शाखामा एक महिनाको लागि लकरको वार्षिक भाडा दरमा ५०% छुटको व्यवस्था गरिएको छ ।

हाल सनराइज बैंक लिमिटेडले नेपाल अधिराज्यभर ६९ वटा शाखा र ७८ वटा एटिएमद्वारा ग्राहकहरुलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । साथै वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, चितवन मेडिकल कलेज नारायणगढ र मलेसिया भि.एल.एन. काठमाडौँमा एक्स्टेन्सन काउन्टर तथा अधिराज्यका विभिन्न स्थानहरुमा १३ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा रहेका छन् । बैंकले निकट भविष्यमा काठमाडौँको कालिकास्थान (घट्टेकुलो), सुर्खेतको विरेन्द्रनगर तथा मकवानपुरको हेटौंडामा शाखा स्थापना गर्ने प्रेस विज्ञप्तीमार्फत जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *