एनसीसी बैंकको मुनाफा १२ करोड ९० लाख रुपैया

Post Date : November 14, 2016 | 4:18 pm

काठमाडौँ, २९ कात्तिक । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को पहिलो त्रैमासिकमा १२ करोड ९० लाख रुपैया खुद मुनाफा गरेको छ । बैंकले गत आ.व. २०७२/७३ को यसै अवधिमा १२ करोड ७१ लाख रुपैया खुद मुनाफा गरेको थियो ।

बैंकले चालु आ.व.को पहिलो त्रैमासिकमा ३० अर्ब ६३ करोड ३० लाख रुपैया निक्षेप संकलन गरी २५ अर्ब ३४ करोड ७२ लाख रुपैया कर्जा प्रवाह गरेको छ । निस्क्रीय कर्जा भने शून्य दशमलब ९६ प्रतिशत रहेको छ ।

बैंकको चुक्ता पूँजी २ अर्ब ३५ करोड ३१ लाख ७६ हजार रुपैया रहेको छ भने जगेडा कोषमा पनि १ अर्ब ५३ करोड ३० लाख ४९ हजार रुपैया रहेको छ ।

नेपाल क्रेडिट एण्ड कमर्स बैंक चारवटा विकास बैंकसँग मर्जरको अन्तिम चरणमा छ । इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक, इन्टरनेशनल डेभलपमेन्ट बैंक र एपेक्स डेभलपमेन्ट बैंकसँग मर्ज भएपछि एनसीसी बैंको चुक्ता पूँजी ५ अर्ब ६६ करोड रुपैया पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *