एभरेष्ट बैंकको ललितपुरको गुरुद्वारा कोपुण्डोलमा आफ्नो ८६ औं एटिएम सेवा

Post Date : September 6, 2016 | 3:52 pm

काठमाडौं, २१ भदौ । एभरेष्ट बैंकले तलितपुरको गुरुद्वारा कोपुण्डोलमा आफ्नो ८६ औं एटिएम सेवा शुरु गरेको छ । उक्त एटिएम सेवाको उद्घाटन गुरुद्वारा गुरुनानक सत्संगका अध्यक्ष सरदार प्रितम सिंहले तथा बैंकका प्रमुख कार्याकारी अधिकृत एके अहलुवालियाले संयुक्त रुपमा गर्नु भएको छ ।

एभरेष्ट बैंकको हाल ६१ वाटा शाखा, ५ एक्सटेन्सन काउण्टर, २४ राजश्व संकलन काउण्टर, ८६ एटिएम तथा बृहत बाह्य सञ्चालक मार्फत सेवा दिंदै आइरहेको जनाएको छ ।

बैंकले आ.व. २०७२।७३ को असार मसान्तसम्म ९३ अर्ब ७३ करोड ५४ लाख रुपैया निक्षेप संकल, ६८ अर्ब ९१ करोड १५ लाख रुपैया कर्जा प्रवाह गरी १ अर्ब ७३ करोड २ लाख रुपैया खुद मुनाफा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *