कुमारीपाटीमा सिद्धार्थ डेभलपमेन्ट बैंक स्थानान्तरण

Post Date : October 3, 2016 | 11:48 am

काठमाडौं, १७ असोज । सिद्धार्थ डेभलपमेन्ट बैंकको तीनकुने, कोटेश्वरस्थित शाखालाई कुमारीपाटी, ललितपुरमा स्थानान्तरण गरेको छ । स्थानान्तरित शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले गर्नु भएको छ ।

बैंकले आर्थिक वर्ष २०७२/७३ असारसम्म १२ अर्ब ३२ करोड ७७ लाख निक्षेप संकलन, १० अर्ब ५८ करोड १२ लाख रुपैया कर्जा प्रवाह गरी ३३ करोड १३ लाख रुपैया खुद मुनाफा गरेको छ । उक्त अवधिसम्म बैंकको चुक्ता पूँजी १ अर्ब १४ करोड ४४ लाख ९० हजार रुपैया रहेको छ ।

बैंकले आफ्ना ३३ शाखा कार्यालयमार्फत १ लाख ५० हजार ग्राहकलाई सेवा दिँदै आएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *