गति लिँदै मेलम्ची आयोजना

Post Date : January 23, 2017 | 3:44 pm

काठमाडौँ, १० माघ । राजधानीवासीको चासो र महत्व बोकेको मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य पछिल्लो समयमा द्रुत ढंगबाट कार्य भइरहेको छ । अहिलेसम्म मेलम्ची आयोजना निर्माणका मेलम्ची उप आयोजना—१ अन्तर्गतले आफ्नो तर्फबाट अहिलेसम्म २२,३५८ मिटर सुरुङ्गको निर्माण गरी समग्र ८१ प्रतिशत कार्य सम्पन्न गरिसकेको र ८.५ करोड लिटर दैनिक क्षमताको पानी प्रशोधन केन्द्रको हालसम्ममा जम्मा ९८ प्रतिशत काम सम्पन्न गरिसकेको जनाएको छ ।

सुरुङको सबैभन्दा लामो सुन्दरीजल—सिन्धु खण्डको सबैभन्दा लामो खण्ड हाल ब्रेक थ्रु सम्पन्न भएको र हाल फाइनल सपोर्टको कार्य भइरहेको छ भने बाँकी रहेको सुरुङमध्ये १३५७ मिटरमा कमजोर चट्टान देखिएकोले सो खण्डको निर्माण कार्यको लागि वैकल्पिक उपायहरु अपनाउने मेलम्ची खानेपानी योजनाले जनाएको छ ।

मेलम्ची आयोजनाको पानी प्रशोधन केन्द्र अन्तर्गत विभिन्न इकाइहरुमध्ये २०० कि.वा. क्षमताको मिनी हाइड्रो पावर, केन्द्रीय नियन्त्रण कक्ष, फिल्टर इकाई, १ करोड ३८ लाख लिटर क्षमताको पानी टंकीको निर्माण सम्पन्न गरेको छ । चालु आ.व.मा विनियोजित बजेट रु ५ अर्ब ९८ करोड ४९ लाख २९ हजारमध्ये पुस मसान्तसम्ममा १ अर्ब ६२ करोड खर्च भएको छ । आयोजनाको हालसम्म करिब १९ अर्ब ८३६ करोड खर्च भएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । सो अवधिभर समग्र भौतिक प्रगति ८८ प्रतिशत रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *