तरकारी व्यवसायीको आक्रमणमा कर्मचारी र पत्रकार

Post Date : July 5, 2016 | 3:16 pm

काठमाडौँ, २१ असार । बल्खुस्थित तरकारी पसलको अनुगमन गर्ने क्रममा व्यवसायीले अनुगमनमा खटिएका सरकारी कर्मचारी र पत्रकारलाई आज आक्रमण गरेका छन् ।

अनुगमन गर्ने क्रममा उक्त तरकारी बजारमा राखिएका तरकारी जोख्ने विद्युतीय यन्त्र लामो समयदेखि जाँच नगरिएको र उपभोक्ताको हित विपरीत रहेको जनाउँदै अनुगमन टोलीले उक्त सामान जफत गर्न थालेपछि व्यवसायीले आफूसँग जे सामान उपलब्ध छ उक्त सामग्रीले अनुगमनकर्तामाथि प्रहार गरे ।

तरकारी बजारमा रहेको झन्डै दुई सय यन्त्र अधिकांश उपभोक्ताको हित विपरीत रहेको अनुगमनका क्रममा पाइएको छ । घटनामा चोटपटक कसैलाई नलागे पनि समाधान प्रहरीले नै गरेको थियो ।
आक्रमणपछि बल्खु तरकारी बजार व्यवस्थापन समिति र अनुगमन समितिका संयोजक रामचन्द्र काफ्लेलगायत टोलीबीच वार्ता गरी आज नै नियम विपरीतका सबै यन्त्र सिलबन्दी गर्ने र तीन दिनभित्र नापतौल विभागमा लैजानुपर्ने सहमति भएको छ ।

आक्रमण गर्ने सबैले पछि पत्रकार र सरकारी कर्मचारीसँग माफी मागेका थिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *