नबिल बैंकका अध्यक्षद्वारा विद्यालय भवन शिलान्यास

Post Date : November 24, 2016 | 3:34 pm

काठमाडौँ, ९ मङ्सिर । नबिल बैंकका कर्मचारीहरुद्वारा सिन्धुपाल्चोकको श्री फाटकशिला माध्यमिक विद्यालयलाई विद्यालय निर्माणको लागि सहयोग स्वरुप नगद रु ४०१,७८३ प्रदान गरिएको छ । श्री फाटकशिला माध्यमिक विद्यालय बैशाख १२ र बैशाख २९, २०७२ को भुकम्पबाट अति प्रभावित भएको थियो । फाटकशिला, सिन्धुपाल्चोक स्थित सो विद्यालयका विद्यार्थीहरुको पढाईमा सहजताको निम्ती नबिल बैंकका कर्मचारीहरुद्वारा आफ्नो तलबबाट कट्टा गरी उक्त सहयोग प्रदान गरिएको हो ।

बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्यालले सहायक महा–प्रबन्धकहरु रमेश प्रसाद लोहनी र विनय कुमार रेग्मीका साथै बैंकको कर्मचारी सघंका पदाधिकारीहरु लगायत अन्य कर्मचारीहरुको उपस्थितिमा श्री फाटकशिला माध्यमिक विद्यालयको प्रधानाध्यापक ईश्वर चौलागाईलाई सहयोग रकम हस्तान्तरण गर्दै भवन निर्माणको लागि शिलान्यास गर्नुभयो ।

बैंकका कर्मचारीहरुको तर्फबाट भुकम्पबाट आफ्नो बास गुमाउन पुगेका पिडित परिवारहरुको अस्थायी बसोबासका लागि नबिल बैंकका कर्मचारीहरुले सिन्धुपाल्चोक जिल्ला, भिमटार गा.बि.स. वडा नंं ९ तथा दोलखा जिल्ला, सुनखानी गा.वि.स. वडा नंं. ३ का भुकम्प पिडितहरुलाई राहत सामग्री वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *