नेपाल बैंक लिमिटेडकोे स्मार्ट कार्ड

Post Date : April 4, 2017 | 5:32 pm

काठमाडौँ, २२ चैत । नेपाल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई आधुनिक एवं स्तरीय सेवा प्रदान गर्ने क्रममा हालै एनबिएल स्मार्ट कार्ड (NBL Smart Card) सञ्चालनमा ल्याएको छ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले नेपालमा नै पहिलो पटक साझा बसबाट यात्रा गर्ने यात्रुहरुको लागि स्मार्ट कार्ड प्रयोग गरी भाडा तिर्ने सुविधा प्रदान गरेको छ । नेपाल बैंक लिमिटेड, साझा यातायात र एन क्लाउडको सहकार्यमा सञ्चालित यो सेवा नेपालमा नै पहिलो पटक हो । साझा बसमा यात्रा गर्ने नेपाल बैंक लिमिटेडका पहिलो ५०० जना ग्राहकहरुलाई यो कार्ड निःशुल्क वितरण गरिने छ । हाल सो कार्डको प्रयोग साझा यातायातको लगनखेलदेखि गोंगबु रुटमा चल्ने साझा बसहरुमा हुने छ र निकट भविष्यमा नै साझा यातायातको सम्पूर्ण रुटहरुमा चल्ने बसहरुमा यस किसिमको कार्ड प्रयोग गर्न सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *