नेपाल राष्ट्र बैंकले १२ अर्ब १५ करोड ५० लाख रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने

Post Date : March 5, 2017 | 8:51 pm

काठमाडौँ, २२ फागुन । नेपाल राष्ट्र बैंकले २०७३ फागुन २३ गते सोमबार १२ अर्ब १५ करोड ५० लाख रुपैयाँको ट्रेजरी बिल बोलकबोलबाट बिक्री गर्ने भएको छ । बैंकले ९१ दिने २ अर्ब १३ करोड रुपैयाँको, १८२ दिने ५ अर्ब ५२ करोड ५० लाख रुपैयाँको र ३६४ दिने अवधिको ४ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

त्यस्तै, ९१ दिने अवधिको २०७४ साल जेठ २३ गते, १८२ दिने अवधिको २०७४ साल भाद्र २७ गते र ३६४ दिने अवधिको २०७४ साल फागुन २४ गते भुक्तानीको लागि परिपक्व हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *