रिलायबलको १० औँ वार्षिक साधारण सभा सम्पन्न

Post Date : July 4, 2016 | 11:03 am

काठमाडाैं, २० असार । रिलायबल डेभलपमेन्ट बैंकले २०७३ असार १७ गते बैंकका अध्यक्ष श्री राधेश्याम अग्रवालको अध्यक्षतामा दशौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ | सभाले आ.व. २०७१/७२ को मुनाफाबाट १०% बोनस शेयर तथा पुँजी वृद्धिको लागि बोनस शेयर पश्चात १:१ हकप्रद शेयर जारी गर्ने लगायत सम्पूर्ण सामान्य तथा विषेश प्रस्तावहरु पारित गरेको छ | यसका साथै बैंकले १९% प्रोमोटर शेयरलाई साधारणमा परिवर्तन गरी संस्थापक समूहको ५१% र सर्वसाधारण समूहको ४९% शेयर स्वामित्व कायम गर्ने भएको छ |

साधारण सभामा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत श्री नारायणबाबु लोहनीले बैंकले आगामी दिनमा बैंकलाई अझ सबल बनाउँदै लैजाने र आ.व. २०७२/७३ मा अझ बढी मुनाफा गर्नुका साथै शेयरधनीहरुलाई अझ बढी बोनस प्रदान गर्ने जनाउनु भयो |

बैंकको शुक्रबारसम्मको निक्षेप ८१२ करोड र कर्जा लगानी ६५८ करोड रहेको साथै बैंकले असार मसान्तभित्र तनहुँको डुम्रेमा शाखा सन्चालनमा ल्याउने समेत जनाएको छ |

बैंकले सहायक संस्थाको रुपमा रिलायबल क्यापिटल समेत छिट्टै सन्चालन ल्याउनको लागि सबै तयारी भइरहेको जनाएको छ | बोनस पश्चात ७८ करोड चुक्ता पूँजी रहेको यस बैंकले अधिकृत पूँजी वृद्धि गरी ३ अरब पुरयाउने भएको छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *