लुम्बिनी विकास बैंकका अध्यक्षद्वारा शपथग्रहण

Post Date : July 6, 2017 | 11:10 am

काठमाडौँ, २२ असार । लुम्बिनी विकास बैंकका नवनियुक्त अध्यक्ष सुशीलराज पराजुलीले पद तथा गोपनियताको शपथग्रहण गर्नु भएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीसमक्ष अध्यक्ष पराजुलीले पद तथा गोपनियताको शपथग्रहण गर्नु भएको बैंकले जनाएको छ ।

साविका भिबोर सोसाइटी डेभलपमेन्ट बैंक र लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनी लिमिटेड एक आपसमा गाभिई बनेको राष्ट्रिय स्तरको लुम्बिनी विकास बैंकको नयाँ संचालक समितिको अध्यक्षमा पराजुली चयन हुनु भएको बैंकद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *