विनाशकारी भूकम्पको एक वर्ष

Post Date : April 24, 2016 | 7:06 pm

आज मिति २०७३ बैशाख १२ गते, आजकै दिन गतवर्ष गएको विनाशकारी भूकम्पले देशका करिब ८ हजार नागरिकले ज्यान गुमाउनु परेको थियो भने हजारौं संख्यामा घाइते एवम् घरबार विहीन हुनु परेको थियो ।

आजको त्यो कालो दिन हामीलाई सम्झन मन छैन, तर हामी वाध्य छौं त्यस दिनलाई सम्झन । भूकम्पमा परी ज्यान गुमाउनेहरूको मृतात्माले शान्ति पाओस् र दिवंगत परिवारमा शक्ति प्रदान होस् भनेर आज देशका विभिन्न स्थानमा यसको सम्झना गरियो । कतै दीप प्रज्वलित गरेर यसको सम्झना गरियो भने कतै मौन धारण गरेर यसलाई सम्झियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *