व्यवस्थापन पक्षले दिएको ऋण उठेन भने संचालक समिति त्यसको भागीदार हुनुपर्ने – गभर्नर डा. नेपाल

Post Date : June 18, 2017 | 11:27 am

पोखरा, ४ असार । पोखरामा प्रधान कार्यालय रहेको ओम डेभलपमेन्ट बैंक र गोरखामा प्रधान कार्यालय रहेको मनास्लु विकास बैंक मर्ज भई ओम डेभलपमेन्ट बैंककै नामबाट एकीकृत कारोबार शुरु भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले एकीकृत कारोबारको उद्घाटन २०७४ असार २ गते गर्नु भयो । उद्घाटनको अवसरमा गभर्नर डा. नेपालले व्यवस्थापन पक्षले दिएको ऋण उठेन भने संचालक समिति त्यसको भागीदार हुनु पर्ने बनाउनु भयो ।

मर्जरपछि ओम डेभलपमेन्ट बैंकको चुक्ता पूँजी १ अर्ब ६६ करोड रुपैयाँ, निक्षेप १५ अर्ब ४० करोड रुपैयाँ र कर्जा १३ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । त्यस्तै शाखा संख्या ४१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *